कन्दरा कन्सर्टको तयारी पूरा

पाेखरा | पुस २५, २०८०

कन्दरा कन्सर्टको तयारी पूरा

पोखरा:    पोखरा पर्यटन परिषद्को आयोजनामा शुक्रबार हुने कन्दरा कन्सर्टको तयारी पूरा भएको छ । पोखरा पर्यटन परिषद्ले पोखरामा आज (बुधबार) पत्रकार सम्मलेन गर्दै कन्दरा कन्सर्टको तयारी पूरा भएको जानकारी दिएको हो । 


‘पहिला घरदेश अनि परदेश’ गीत संगित मार्फत नेपालको पर्यटन प्रवद्र्धनको सन्देशसहित मुलुकको सातै प्रदेश र मुख्य शहरमा आयोजना हुन लागेको कन्दरा सांगीतिक अभियानको तयारी पूरा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । 


‘पहिला घरदेश अनि परदेश, भन्ने नारासहित नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देशसहित सातै प्रदेश र मुख्य शहरमा कन्दरा  लाइभ कन्सर्ट गर्दै छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरा पर्यटन परिषद्को आयोजना, कन्दरा व्याण्डको व्यवस्थापनमा पुस २७ गते पोखरामा कन्दरा लाइभ कन्सर्ट गर्दै छौं ।


उनका अनुसार गण्डकी प्रदेशको राजधानी पोखरामा कन्दरा सांगीतिक अभियान पुस २७ गते पोखरा नयाँबजार स्थित पर्दशनी केन्दमा आयोजना हुँदै छ । 


पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले कन्दरा व्याण्डको लाइभ कन्सर्टमा करिव १० हजार बढी दर्शको उपस्थिति समेत रहने बताए । उनले कन्सर्टमा सहभागी हुन ३ सय र भिआइपीतर्फ १ हजार रुपैयाँको टिकट दर कायम गरेको जानकारी दिए । कन्सर्टमा बचत रकम गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । 


कन्दराको कन्सर्टमा लिड भोकलिस्ट विवेक श्रेष्ठ श्रेष्ठसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् । कन्दराले अहिलेसम्म ६ वटा एल्वम बजारमा ल्याएको छ। देश विदेशमा २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ । 

 
 

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्